प्रधानमन्त्री ओलीले भोली बिहान बोलाए सर्वदलीय बैठक
प्रकाशित मिति : 16 April, 2021 2:49 pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि शनिबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको प्रेस सल्लाहकार सुर्य थापाले बताए ।
हिउँदे अधिवेशन अन्त्य हुनुअगाडी समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।
बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा ससमेत छलफल हुने बताइएको छ ।