२२ बैशाख २०८१, शनिबार

लुम्बिनीका तीनसहित १४ जिल्लाका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  19 April, 2021 12:05 pm


काठमाडौं । सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लालाई कोरोनाबाट बढी प्रभावित भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको देखिएको छ भने बालबालिका बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

कोरोना भाइरसबाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा संचालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

प्रवक्ता गुरुङका अनुसार बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !