१८ बैशाख २०८१, मंगलबार

भारतमा पछिल्लो २४ घण्टामा पौने ३ लाख संक्रमित थपिए

प्रकाशित मिति :  19 April, 2021 12:41 pm


नयाँदिल्ली । भारतमा दिन दुगुना रात चौगुना फैलिएको कोरोना भाइरसबाट पौने ३ लाख बढी मानिसमा संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार १९६ जनामा कोरोना पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि हुनेको संख्या १ करोड ५० लाख पुगेको मन्त्रालयले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तत्थ्यांकअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा १ हजार ६ सय २० जनाको मृत्यु भएको छ भने यो संख्या सँगै अहिले स्रम्म मृत्यु हुनेको संख्या १ लाख ७८ हजार भन्दा बढी रहेको छ ।

भारतमा आइतबार सबैभन्दा धेरै संक्रमित महाराष्ट्र तथा उत्तर प्रदेशमा भेटिएका छन् । बीबीसी



प्रतिक्रिया दिनुहोस !