२० बैशाख २०८१, बिहिबार

ओरालो लाग्दै नेप्से,कोरोनो संन्त्राससँगै अन्यौलमा लगानीकर्ता

प्रकाशित मिति :  19 April, 2021 5:18 pm


काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै नयाँ इतिहास कायम गरेको नेपाल स्टक एक्सचेन्ज यो साताको पहिलो दिनदेखि नै ओरालो लागेको छ । कोरोना संक्रमणको फैलिदो अवस्थाका कारण के हुने हो भन्ने चिन्ता लगानीकर्तामा देखिएको हुनाले अन्यौलमा रहेको सेयर विज्ञहरु बताउँछन् ।

सोमबार नेप्से ३७.५८ अंकले ओरालो लागेर २६६१.९३ अंकमा पुगेर रोकिएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ७.६ अंकले घटेर ४७९ अंकमा पुगेको छ । नेप्सेमा रहेका कुल १३ वटा उपसमहुमध्ये २ वटा उपसमु्हको सेयर बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयर राताम्ये भएका छन् ।

आज नेप्सेमा वित्त समूह ६.१७ अंकले उकालो लाग्दा जलविद्युत समूह ३.१८ अंकले बढेको छ भने होटेल तथा पर्यटन समूह सर्वाधिक २४०.८३ अंकले घटेको छ ।

निर्जीवन बीमा समूह २३९.१३ अंकले घटेको यो दिन बैंकिङ समूह ३४.८५ अंक, व्यापार समूह १०७.९ अंक, विकास बैंक समूह ५६.८ अंक, उत्पादन तथा प्रशोधन समूह ४१.७ अंक, अन्य समूह २६.७२ अंक, लघुवित्त समूह ६२.७ अंक, जीवन बीमा समूह १२९.७७ अंक र म्युचुअल फन्ड समूह ०.०९ अंकले घटेको छ ।

कारोबारको आधारमा आज नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा आज कूल २१३ कम्पनीको सेयर कारोबार हुँदा एक करोड ४० लाख ७४ हजार १६८ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ७१ करोड २१ लाख ७१ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !