१९ बैशाख २०८१, बुधबार

भारतमा २४ घण्टामा साढे तीन लाख काेराेना संक्रमित, २७०० भन्दा बढीकाे मृत्यु

प्रकाशित मिति :  25 April, 2021 12:34 pm


एजेन्सी । भारतमा कोरोना संक्रमणदर दिनानु बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै साढे तीन लाख कोरोना संक्रमित थपिएका छन् ।  संक्रमणबाट एकदिनमै २ हजार ७ सय ६० जना भन्दा बढीको मृत्यु भएको छ ।

अस्पतालमा कोरोना संक्रमितका बिरामी बढ्दै गएकाले भारतका अस्पतलाका वेड भरिभराउ भएको छ । संक्रमितको संख्या उच्च भएकाले अस्पतालमा वेड अभाबका कारण अस्पतालको बाहिरै संक्रमितहरुको उपचार गरिदैँ आएको छ ।

संक्रमितको संख्यामा अस्पतालले थेग्ने भन्दा धेरै भएपछि भारतका अस्पतालमा अक्सिजनको हाहाकार भएको छ । कोरोना संक्रमणबाट संक्रमितमा श्वासप्रश्वासमा सिधै समस्या देखिने भएकाले बिरामीलाई अक्सिजन अनिवार्य आवश्यक हुने भएकाले कारण अहिले भारतका अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको हो ।

सरकारले अक्सिजन ल्याउनको लागि सिंगापुर लगाएतका देशमा सैनिकको जहाज पठाएको र केही जहाज अक्सिजन ल्याएर फर्किएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !