४ जेष्ठ २०८१, शुक्रबार

काेराेना संक्रमणबाट थप २८ जनाकाे मृत्यु , देशभर ६५ जना भेन्टिलेटरमा

प्रकाशित मिति :  25 April, 2021 5:16 pm


पछिल्लाे २४ घण्टामा देशभर काेराेना संक्रमणबाट थप २८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ हजार १६४ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना उपचारत रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !