१४ बैशाख २०८१, शुक्रबार

आइएमई इन्स्योरेन्सको २३ औं साधारणसभा सम्पन्न, ४० प्रतिशत हकप्रद सेयरको प्रस्ताव पारित

प्रकाशित मिति :  25 April, 2021 7:05 pm


काठमाडौं ।

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३ औं बार्षिक साधारण सम्पन्न भएको छ । सीमित संख्यामा भौतिक उपस्थिति तथा सदस्यहरुको भर्चुअल उपस्थितिमा आइतबार सम्पन्न भएको हो ।

कोभिड १९ का कारण सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न सूचना जारी गरेकाले सो सूचनाको पालना गर्दै जुम एपको माध्यमबाट साधारणसभा गरिएको नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकृत शरण रेग्मीले जानकारी दिए ।

इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहको चर्चा गर्दै बीमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि वृद्धि हुने बताए ।

साधारणसभाले चुक्ता पूँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक भएकाले हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र सो पश्चात कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव पारित गरेको छ । बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अरब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्नेछ ।

कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरी स्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको र आजको सभाको निर्देशन वमोजिमनै निकट भविष्यमानै उक्त जग्गामा भबन निर्माणको कार्य अगाडी अध्यक्ष ढकालले सेयरधनीलाई जानकारी गराए ।

कम्पनीले मुलुकका सातै प्रदेश बाट सेवा दिइरहेको जनाएको छ । आ.व. ०७५/७६ मा १ अरब २६ करोड ७० लाख बीमा शुल्क गत वर्ष १ अरब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरी गरेको छ ।

कम्पनीले गत बर्षको तुलनामा १०.४५ प्रतिशतले बीमा शुल्क वृद्धि भएको छ भने चालु आवको चैत्र मसान्तसम्ममा कम्पनीले कुल १ अरब १४ करोड बीमा शुल्क आर्जन अध्यक्ष ढकालले सभालाई जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !