४ जेष्ठ २०८१, शुक्रबार

धरानमा कोरोना संक्रमित पुरुषको निधन

प्रकाशित मिति :  26 April, 2021 1:58 pm


काठमाडौं । धरानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ४८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ती पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा ७ बजे मृत्यु भएको हो ।

उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए भने वैशाख १० गते उनलाई कोरोना पोजेटिभ पुष्टि भएको अस्पताल स्रोतले जनाकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !