१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  26 April, 2021 2:40 pm


काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कास्कीका १ जना महिला र १ जना पुरुष, स्याङ्जाका १ जना पुरुष र म्याग्दीका १ जना पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

आज मृत्यु भएका सबै संक्रमितहरुको पोखरा र पाल्पाका अस्पतालहरुमा उपचारका क्रममा निधन भएको हो । पोखरा –२५ का ९१ वर्षीय पुरुषको बिहान पौन ६ बजे मेडिप्लस अस्पताल पोखरामा निधन भएको छ ।

त्यस्तैगरी पोखरा– १ की ५५ वर्षीय महिलाको आज दिउसो १ बजे निधन भएको छ । उनकोे पनि मेडिप्लस अस्पताल पोखरामा निधन भएको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !