२५ बैशाख २०८१, मंगलबार

आज देशभर थप ३,५५६ जना कोरोना भाइरस संक्रमित थपिए, १२ जनाकाे मृत्यु

प्रकाशित मिति :  26 April, 2021 5:41 pm


काठमाडाैं ।आज सोमबार नेपालभर थप ३,५५६ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार २९३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा थप ३५५६ जना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा ३७८ जना संक्रमण मुक्त भएका छन् । याेसँगै संक्रमण मूक्त हुनेकाे संख्या २ लाख ७७ हजार ९५१ रहेकाे छ ।  २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

आज थपिएका संक्रमितसँगै नेपालमा कूल संक्रमित संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । मृतक संख्या ३ हजार १७६ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !