१७ बैशाख २०८१, सोमबार

रुपन्देहीमा १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस

प्रकाशित मिति :  27 April, 2021 3:52 pm


रुपन्देही । रुपन्देहीमा काेराेना संक्रमितकाे संख्या बढ्न थालेपछि थप जाेखिम कम गर्न वैशाख १६ गतेबाट निषेधाज्ञा लगाउन जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गतेदेखि २९ गतेसम्मका लागि निषेधाज्ञा लगाउने गरी सिफारिस गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए।

निषेधाज्ञा अवधिमा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइन भएकाे छ । अति आवश्यक सवारीसाधनलाई  मात्र सञ्चालन गर्न दिइने सिफारिस केन्द्रले गरेको छ ।

रुपन्देहीमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ। सोमबार २ सय ६३ जना थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको हो ।



प्रतिक्रिया दिनुहोस !