२५ बैशाख २०८१, मंगलबार

पछिल्लाे २४ घण्टामा नेपालमा ४५२४ जनामा काेराेना संक्रमण, १८ जनाकाे मृत्यु

प्रकाशित मिति :  27 April, 2021 5:19 pm


काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा थप ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । काेराेना संक्रमण मुक्त  हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेकाे छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ हजार १९४ पुगेकाे छ ।



प्रतिक्रिया दिनुहोस !