२१ बैशाख २०८१, शुक्रबार

निषेधाज्ञामा सञ्चारगृहकै परिचयपत्रले आवतजावत गर्न पाइने

प्रकाशित मिति :  28 April, 2021 4:26 pm


काठमाडाैं । भोलीदेखि काठमाडौं उपत्यकामा लागूहुने निषेधाज्ञामा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समेत सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको छ ।

काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड नहुने गरी समाचार संकलन गर्न पत्रकारहरूलाई रोक नलगाइने जनाएको छ ।

सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार एवं कर्मचारीलाई सम्बन्धित सञ्चारगृहको परिचयपत्रका आधारमा आवागमन गर्न पाउने व्यवस्था मिलाइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि सूचना विभागद्वारा जारी गरिएको सुचनामा प्रेस पास अनिवार्य भनिएकाे थियाे । अब सञ्चारगृहकै परिचयपत्रका आधारमा सञ्चारकर्मीले समाचार संकलन र कार्यालय आवतजावत गर्न पाउनेछन् । यसबारे फिल्डमा खटिएका सुरक्षाकर्मीलाई समेत अवगत गराइएको बताए ।



प्रतिक्रिया दिनुहोस !