२५ बैशाख २०८१, मंगलबार

काेराेना संक्रमणबाट थप ३५ काे मृत्यु, २४ घण्टामा ४,९२८ संक्रमित थपिए

प्रकाशित मिति :  29 April, 2021 5:51 pm


काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी थप ४,९२८ जना संक्रमित थपिएका हुन् ।

देशभर कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८८८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ३० हजार ९१६ र संस्थागत आइसोलेसनमा तीन हजार २०१ जना रहेका छन् ।

संक्रमितमध्ये भेन्टिलेटरमा १०७ र आइसियूमा ३३७ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !