२१ बैशाख २०८१, शुक्रबार

सुनसरीमा भाेलीदेखि निषेधाज्ञा, बालबालिका र ६० बर्षमाथिकालाई बाहिर निस्कन नदिइने

प्रकाशित मिति :  29 April, 2021 6:39 pm


इटहरी । जिल्ला प्रशासन कार्यालय, सुनसरीले भाेलिदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

शुक्रबार मध्यराति १२ बजेदेखि वैशाख २४ को मध्यराति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो। अत्यावश्यक काममा बाहेक बाहिर हिँड्डुल गर्न नपाइने प्रशासनले जनाएको छ।

यस्तै, भेला, जुलुस, सम्मेलन, गोष्ठी, छलफलमा प्रतिबन्ध लगाइएको छ। जिल्लामा लाग्ने हाटबजार,मेला,जात्रा,महोत्सव,भोज गर्न रोक लगाइएकाे छ ।

अत्यावश्क काम बाहेक १० वर्ष मुनी र ६० वर्षमाथि उमेर समूहका व्यक्ति तथा दिर्घ रोगीलाई घर बाहिर कुनै पनि कार्यमा आवतजावत गर्न नदिइने प्रशासनले निर्णय गरेको छ।

विवाह र ब्रतबन्धका लागि २५ जना भन्दा धेरै सहभागि हुन नपाउने र पार्टी प्यालेस प्रयोग गर्नु परेमा जिल्ला प्रंशासन कार्यलयबाट अनुमति लिनुपर्ने भएकाे छ ।

नेपाल सरकारका कर्मचारी, बैंक र वितियसंस्थाका कर्मचारी, अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयाेग गर्ने निजी सवारी साधनकाे हकमा कार्यलयले जारी गरेकाे परिचयपत्रकाे आधारमा आवतजावत गर्न दिइने छ ।

त्यस्तै संचारकर्मीकाे हकमा सुचना विभागले जारी गरेकाे परिचयपत्रका आधारमा सुचना संकलन र कार्यलय आवतजावर गर्न पाइनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस !