२१ बैशाख २०८१, शुक्रबार

नागरिक एपको प्रयोगबाट प्रधानमन्त्रीले खोले नेपाल बैंकमा खाता

प्रकाशित मिति :  2 May, 2021 12:41 pm


काठमाडौं ।

नागरिक एपको प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बैंक लिमिटेडमा खाता खोलेका छन् ।

सरकारले आइतबारबाट नागरिक एपको फूल भर्सनको सुरुवात गरेको छ । एपको फूल भर्सनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बैंक खाता खोलेका हुन् ।

एपको दायाँ पट्टी रहेको क्युआर कोडको प्रयोगबाट खाता खोल्ने जस्ता विभिन्न सेवा लिन सकिन्छ ।

हाललाई नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडबाट खाता खोल्न सक्ने व्यवस्था गरिएको छ । बाँकी बैंकहरु थप्दै लैजाने सरकारको योजना छ ।

आइतबार सूचना प्रविधि दिवसको अवसर पारेर सूचना तथा संचार प्रविधि मन्त्रालयले कार्यक्रमको आयोजना गरेको छ ।

एपको प्रयोग गर्न एप स्टोरमा गइ एप डाउनलोड गर्नुपर्ने हुन्छ भने अनलाइन ब्राउजरबाट समेत प्रयोग गर्न सकिनेछ ।

एप डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् । पहिले नै एप डाउनलोड गरेका उपभोक्ताले एप अपडेट गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस !