२० बैशाख २०८१, बिहिबार

बाँकेमा दुईजना कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  2 May, 2021 1:40 pm


काठमाडौं । बाँकेमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आज विहान होमआइसोलेसनमा बसेकी एक महिलासहित दुई जना संक्रमितको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार होम आइसोलेसनमा बसेकी कोहलपुर नगरपालिका–२ की ६९ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो । उनलाई वैशाख १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपनि होम आइसोलेसनमा बस्दै आएकी थिइन् । आइतबार बिहान स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल ल्याउने तयारी गर्दा गर्दै घरमै उनको मृत्यु भएको ओलीले बताए ।

त्यस्तै बैजनाथ गाउँपालिका–७ की ५८ वर्षीया महिलाको नेपालगञ्जस्थि नर्सिङ होममा मृत्यु भएको उनले बताए । उनलाई वैशाख ७ गते संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !