८ बैशाख २०८१, शनिबार

काठमाडाैंको बैजनी मुस्कान (फोटो फिचर)

प्रकाशित मिति :  5 May, 2021 3:08 pm


काठमाडौं उपत्यकाका सडक र किनारा यतिबेला बैजनी मुस्कानले मुस्कुराइरहेका छन् । सडक दायाँबायाँ ढपक्क फुलेको बैजनी ज्याकारान्डा फूलले सहर साैन्दर्य उँचो बनाएको हो । निषेधाज्ञाका कारण सडकमा सवारी कम हुँदा धुलो, धुँवारहित सफा सडकलाई ज्याकारान्डा फूल झरेर बैजनी कार्पेट विच्छाउँदै वसन्त ऋतुको स्वागत गरेको भान हुन्छ । सरकारले निषेधाज्ञा थप कडाई गरिरँदा सबैलाई सडकलाई फन्को मार्न सहज नहुने अवस्थालाई मध्यनजर गरेर उपत्यकामा फूलेका ज्याकारान्डा र सडकको तस्वीर यहाँ पस्तुत  गरिएको छ । तस्वीरमा मध्य काठमाडौंकाे दृष्य समेटिएको छ ।

शब्द/तस्वीरः किरण आचार्य

 



प्रतिक्रिया दिनुहोस !