१६ बैशाख २०८१, आइतबार

कोभिडमाथिको बौद्धिक सम्पति अधिकार हट्ने बलियो सम्भावना

प्रकाशित मिति :  6 May, 2021 8:27 am


काठमाडौ । विश्व व्यापार संगठन(डब्लुटीओ)मा कोभिड–१९ खोपमाथिको बौद्धिक सम्पत्ति अधिकार हटाउने पक्षमा समर्थन बलियो हुँदै गएको छ । यो प्रस्तावमा अमेरिकाले समर्थन गरेपछि पक्ष बलियो भएको हो ।

विश्व व्यापार संगठनलाई अमेरिकाको यो समर्थनबाट कोरोनाभाइरस खोपका लागि बौद्धिक सम्पत्ति अधिकार संरक्षण बाधा हटाउने अधिकार प्राप्त हुने भएको छ ।

भारत र दक्षिण अफ्रिकाले गरेको यो प्रस्तावमा उनीहरूले खोपको उत्पादन विश्वभर विस्तार गर्ने जनाएका छन् । तर औषधि उत्पादकहरूले यसो गर्दा यसले अपेक्षित सफलता प्राप्त गर्न नसक्ने तर्क गरेका छन् ।

अमेरिकाको व्यापार प्रतिनिधि क्याथरिन ताइले असाधारण समयको आह्वान असाधारण मापदण्डका लागि हुने गरेको बताइन् । उनले डब्लुटीओका सदस्य देशहरूमा अझ सहमतिको निर्णय गर्न समय लाग्ने बताइन् ।

भारत र दक्षिण अफ्रिकाले ६० देशको आवाजलाई अगाडि बढाइरहेका छन् । उनीहरूले विगत ६ महिनादेखि खोप माथिको प्याटेन्ट पाउने प्रयास गरिरहेकाछन् ।

उनीहरूलाई निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन, बेलायत र युरोपियन युनियनको तर्फबाट यो विषयमा बलियो प्रतिरोधको सामना गर्नुपरेको थियो ।

तर ट्रम्पको उत्तराधिकारीको रूपमा पदभार सम्हालेका राष्ट्रपति जो बाइडनले एक फरक बाटो लिएका छन् । उनले सन् २०२०मा यस्तो बौद्धिक सम्पत्ति अधिकार हटाउने विषयमा वाचा गरे अनुसार बुधबार आफ्नो समर्थन दिएका हुन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुखले कोभिड–१९ विरूद्धको लडाइँमा बाइडनको यो समर्थनलाई ‘स्मरणीय क्षण’ भने टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !