१६ चैत्र २०८०, शुक्रबार

प्रविधिप्रतिको विश्वास पुनस्र्थापनाका लागि ह्वावेले गर्यो पब्लिक–प्राइभेट सहकार्यको आव्हान

प्रकाशित मिति :  7 May, 2021 7:02 pm


काठमाडौं । चिनियाँ बहुराष्ट्रि प्रविधि कम्पनी ह्वावेले प्रविधि क्षेत्रप्रतिको जनविश्वास कायम राख्न पब्लिक–प्राइभेट सहकार्यको आव्हान गरेको छ ।

विश्वभरका वर्तमान र भविष्यका लिडरहरूको वार्षिक भेला हुने सेन्ट गलेन सिम्पोजियम सम्मेलनमा सम्बोधन गर्दै ह्वावेको कर्पोरेट वरिष्ठ उपाध्यक्ष र बोर्ड सदस्य क्याथरिन चेनले विश्व समुदायलाई प्रविधि प्रतिको विश्वास बढाउन सहकार्यको आव्हान गरेकी हुन् । सेन्ट गलेन सिम्पोजियमले ५० औं वार्षिकोत्सव मनाएकाे छ ।

कार्यक्रममा एक हजार बढी सहभागिल तीन–दिने क्रस–जेनरेशनल डाइलगमा सिंगापुरको एक अन्तर्राष्ट्रिय हब विश्वविद्यालयको रुपमा चिनिने सेन्ट गलेन क्याम्पसबाट संचालितकार्यक्रममा विश्वभरका दश वटा स्विस दूतावासका अधिकारी र अन्य क्षेत्रबाट अनलाइनबाट सहभागिता जनाइएको थियो । सम्मेलन मे ५ बाट सुरु भएको हो ।

चेनले नीति निर्माता, नियामक र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेको बताइन् । “धेरै उपकरणहरूले कनेक्टिभिटीको सुविधा दिएकोले, थप सेवाहरू अनलाइन गएकोले र धेरै महत्वपूर्ण पूर्वाधारहरू रियल टाइम डाटा एक्सचेन्जहरूमा निर्भर भएकोले, विश्वभरिका सरकारहरूले सबैलाई उच्च सुरक्षा मापदण्डद्वारा सुरक्षित राखेको सुनिश्चित गर्दछ,” उनले भनिन्, “केवल साझा नियमहरूको सेटले मात्र एक स्तरको सुरक्षा ग्यारेन्टी गर्न सक्दछ जसले प्रविधिमा विश्वास सिर्जना गर्दछ ।”

सम्मेलनलाई रोचे लिमिटेडका बोर्ड अध्यक्ष क्रिस्टोफ फ्रान्ज, डेमलरमा बोर्ड अफ मानेजमेन्टका अध्यक्ष ओला कालेनियस, माइक्रोसफ्टका मुख्य कार्यकारी अधिकृत सत्य नाडेला र एचसिएल कर्पोरेशनका मुख्य कार्यकारी अधिकृत रोशनी नादर मल्होत्रा लगायतले सम्बोधन गरेका थिए ।

अस्ट्रियाका चान्सलर सेबस्टियन कुज लगायतका नेता, स्विस डिजिटल इनिसिएटिभको अध्यक्ष डोरिस ल्युथर्ड लगायतका सहभागीहरूले यस वर्षको सिम्पोजियमलाई ‘ट्रस्ट मैटरस्’ को संज्ञा दिएका छन् ।

कार्यक्रमका सहभागीहरूले कोभिड–१९ महामारीको बेला देखा परेका साझा चुनौति र जोखिमहरूलाई सम्बोधन गर्न ठोस, क्रियात्मक कदम चाल्नुपर्नेमा जोड दिए । राजनीतिक तथा आर्थिक संस्था, विशेष गरी युवा पुस्ताहरूमा, उदीयमान टेक्नोलोजी र मिडियामा सार्वजनिक विश्वास विग्रंदै गएकाले विश्वास बढाउन प्रतिवद्धता व्यक्त गरिएको हो ।

सम्मेलनको मुख्य हिस्सेदारको रुपमा ह्वावेले थप गम्भीरताकासाथ विश्वासको वातावरण बनाउन प्रतिवद्धता व्यक्त गरेको हो । चेनले आशा आउँदो पुस्ताका लिडरहरूले विश्वास निर्माण गर्नेछन् र व्यापक कनेक्टिभिटिको विश्व बढाउने बताइन् ।

“म उनीहरुलाई समुदाय, व्यक्ति र उनीहरुका वातावरणहरु बीच सकारात्मक सम्बन्ध विकास जारी राख्न आग्रह गर्दछु, हामीले नियमहरू, इनोभेसनहरू र प्रगतिको साझा सेटको सहायताले प्रविधिप्रति बलियो विश्वास निर्माण गर्नुपर्दछ । अनि मात्र हामी दिगो र प्रविधिको विश्वासयोग्य प्रयोगमा प्रतिबद्ध हुन सक्छौं,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !