१७ बैशाख २०८१, सोमबार

नार्ककाे ३० औं वार्षिकोत्सवः राष्ट्रको खाद्य सुरक्षाका लागि सशक्त भूमिका निभाउने प्रतिवद्धता

प्रकाशित मिति :  8 May, 2021 2:18 pm


काठमाडौं । कृषि क्षेत्रको अनुसन्धान गर्ने निकाय नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्थापनाको तीन दशक पुरा गरेको छ । नार्कले हरेक वर्ष बैशाख २५ गते नार्कले स्थापना दिवस मनाउने गरेकाे छ ।

नार्कको ३० औं स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नार्कका कार्यकारी निर्देशक डा. दिपक भन्डारीले बदलिंदो परिस्थितिमा नार्कले थप जिम्मेवारीका साथ कृषि क्षेत्रमा योगदान गर्ने बताएका छन् ।

“राष्ट्रको खाद्य सुरक्षा, उत्पादन तथा आय आर्जन बृद्धिमा टेवा दिन परिषदले समग्र कृषि क्षेत्र, कृषक वर्ग तथा जनसमुदायको हितमा अझ सशक्त ढङ्गले आफ्नो जिम्मेवारी निर्वाह गर्ने छ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु्र,” उनले भने ।

नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुरुप ३० वर्षअघि नार्कको स्थापना भएको थियो । परिषद्को अध्यक्ष कृषि तथा पशुपंक्षी विकास मन्त्री रहने व्यवस्था छ ।

ऐनमा नार्क मुख्य तीन उद्देश्यले स्थापना भएको उल्लेख छ, कृषि सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, कृषि उत्पादन वा गुणस्तर बढाउनको लागि कृषि क्षेत्रका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाई आवश्यक प्रविधि, ज्ञान तथा सीपहरूको खोजपूर्ण अध्ययन गर्ने र राष्ट्रिय कृषि नीतिको तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग पुर्याउने ।

नार्कले खाद्यान्न, तरकारी, फलफुल, नगदे लगायतका बालीहरु तथा पशुपंक्षीको क्षेत्रमा पनि अनुसन्धान गर्दै आएको छ । विउविजनको अनुसन्धानलाई मुख्य कार्यक्रमको रुपमा संचालन गर्दै आएको छ । संघयतापछि नार्क संघीय सरकार मातहतमा छ भने नार्क ऐन संशोधनको प्रक्रियामा छ ।



प्रतिक्रिया दिनुहोस !