१६ चैत्र २०८०, शुक्रबार

सुन ९१ हजार ८ सयमा काराेबार हुँदै

प्रकाशित मिति :  9 May, 2021 11:20 am


काठमाडाैं ।  नेपाली बजारमा आईतबार सुनको मूल्य ९१ हजार ८०० रुपैयाँमा पुगेको छ । गत शुक्रबार ९१ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आईतबार प्रतितोला १ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

आईतबार चाँदीको मूल्य घटेको छ । शुक्रबार १३५०मा कारोबार भएको चाँदीकाे मूल्य प्रतितोला ५ रुपैँया घटेर तोलाको १३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !