२० बैशाख २०८१, बिहिबार

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

प्रकाशित मिति :  9 May, 2021 2:00 pm


नयाँ दिल्ली । भारतमा लगातार कोरोनाभाइरस संक्रमितको संख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित चार लाख चार हजार भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म कोरोनाभाइरस संक्रमितको कूल संख्या दुई करोड २२ लाख ९६ हजार पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म एक करोड ८३ लाख १७ हजार संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख ३६ हजार व्यक्ति सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार हजार ९२ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म २ लाख ४२ हजार ३६२ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस !