१५ बैशाख २०८१, शनिबार

प्रहरीले संकलन गर्याे २७ सय ८१ सिलिन्डर, काेभिड अस्पताल र सम्बन्धित उद्याेगमा बुझाइयाे

प्रकाशित मिति :  9 May, 2021 9:01 pm


काठमाडौं । बजारमा अभाव भएको अक्सिजन सिलिन्डरको आपूर्ति सहज गर्न नेपाल प्रहरीको सक्रियतामा देशभरबाट २ हजार ७ सय ८१ सिलिन्डर संकलन गरिएको छ ।

सनिबार साँझसम्म संकलित सिलिन्डरमध्य ९ सय वटा कोभिड अस्पताल र १ हजार ८ सय ८१ वटा सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको नेपाल प्रहरीले जनाएको छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भईरहेको छ । जथावाभी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकायउपर प्रचलित ऐन कानुन बमोजिम कारबाही समेत हुने भएकाले यथासिघ्र बुझाउन प्रहरीले आव्हान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !