१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री ओलीको बहिर्गमनप्रति विपक्षी नेताहरू विश्वस्त

प्रकाशित मिति :  10 May, 2021 9:56 am


संसद्‌मा विपक्षी दलका रूपमा जनता समाजवादी पार्टीका संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज विश्वासको मत लिन लागेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको बहिर्गमन हुने विश्वास व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका जनता समाजवादी पार्टीका संघीय परिषद्‌ अध्यक्ष डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्- “ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण: १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको; २.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको; ४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!”

यसैगरि, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लेखेका छन्- “नाटकिय परिवर्तन भएन भने आज प्रमले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ।आजै राजीनामा आउला।फेरि प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवाद/असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ .”



प्रतिक्रिया दिनुहोस !