२० बैशाख २०८१, बिहिबार

कोरोना संक्रमणबाट होम आइसोलेसनमै मृत्यु

प्रकाशित मिति :  10 May, 2021 4:49 pm


काभ्रे । कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेसनमै मृत्यु भएको छ । होम आइसोलेसनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् ।

अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी) ले जनाएको छ ।

केन्द्रका अनुसार होम आइसोलेसनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातले खेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् ।
शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो ।रासस



प्रतिक्रिया दिनुहोस !