२५ बैशाख २०८१, मंगलबार

२४ घण्टामा काेराेना संक्रमणबाट थप २२५ जनाकाे मृत्यु, ९ हजार ४८३ संक्रिमत थपिए

प्रकाशित मिति :  11 May, 2021 6:05 pm


काठमाडाैं । नेपालभर आज थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण ​पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर गरिएको २१ हजार ३१६ पीसीआर र एन्टिजेन परीक्षणबाट थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण भेटिएको हो ।

आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । संक्रमितमध्ये ३ लाख १२ हजार १९ जना कोरोनामुक्त भइसकेका छन् ।

त्यस्तै आजदेशभर २२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८४ रहेको छ ।

पछिल्लो २ दिनयता नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्रातै बढेको छ । हिजो मात्रै संक्रमणबाट १३९ जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !