१७ बैशाख २०८१, सोमबार

नेपाल उद्योग वाणिज्य महासंघको कोभिड १९ सहायता केन्द्र स्थापना

प्रकाशित मिति :  12 May, 2021 12:25 pm


काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ सहायता केन्द्र स्थापना गरेको छ । महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।

केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका छन् । महासंघले कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउनका लागि अक्सिजन सिलिण्डर व्यवस्थापन, अस्पताल आइशोलेशन केन्द्र सहजीकरण, अस्पताल व्यवस्थापन, एम्वुलेन्स  आइशोलेशन केन्द्र, औषधि  मेडिकल उपकरण, होटल हवाई यातायात क्षेत्रमा जिम्मेवारी बाडफाड समेत गरेको छ ।

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरि आफुलाई आवश्यक सेवा टिपाउन सकिने व्यवस्था गरिएको छ ।

महासंघले यसअघि एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियान अन्तर्गत महासंघले यसअघि हेल्लो डाक्टर संचालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिने कार्यको शुरुवात गरिसकेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !