७ बैशाख २०८१, शुक्रबार

चितवनमा एकदिनमै ११ संक्रमितकाे मृत्यु

प्रकाशित मिति :  12 May, 2021 5:09 pm


चितवन । पछिल्लो २४ घण्टामा चितवनमा काेराेना संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएकाे छ । चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेका ११ जना कोरोना संक्रमितको मृत्यु भएकाे हाे ।

जिल्ला स्वास्थ्य कार्यालयका भरतपुरका अनुसार भरतपुर अस्पताल ४ जना र चितवन मेडिकल कलेजमा ४ जना र पुरानो मेडिकल कलेजमा ३ जना संक्रमितको उपचारकाक्रममा मृत्यु भएको हो।

मृत्यु हुनेहरु चितवनका ५ जना , गुल्मीका २ जना, रुपन्देही, नवलपरासी, रोल्पा र बाराका १ \१ जना रहेका छन् । चितवनमा वैशाख १५ यता ८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमध्ये ३४ जना चितवनका हुन ।



प्रतिक्रिया दिनुहोस !