१२ बैशाख २०८१, बुधबार

एक वर्षमा साढे १५ लाखले भ्रमण गरे बुद्धभूमि लुम्बिनी

प्रकाशित मिति :  2 January, 2020 8:20 pm


काठमाडौं, १७ पुस

नेपालको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा एक वर्षमा १५ लाख ५८ हजार पर्यटकले भ्रमण गरेका छन्।

सन् २०१९ मा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने मध्ये १लाख ६९ हजार ९ सय ४ बिदेशी नागरिक छन् भने ११ लाख ७० हजार ५ सय ७१ जना नेपाली रहेको लुम्बिनी बिकास कोषले जनाएको छ।

नेपाल भ्रमण वर्ष २०२० बुधबार बाट औपचारिक रुपमा सुरु गरिएको छ। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेकाले यो वर्ष पर्यटकको संख्या बढ्नु पर्ने हुन्छ।

सन् २०१८ को तुलमामा गत वर्ष  १.५८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष १ लाख ९३ हजार ६ सय ३५ छन्। सन् २०१८ मा १५ लाख ३४ हजार ४ सय १० पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा थिए ।

लुम्बिनी भ्रमण गर्नेमा भारतीय पर्यटकको संख्या पनि उल्लेख्य छ। गत वर्ष १ लाख ९३ हजार ६ सय ३५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका छन्।

सन् २०१९ को नोभेम्बरसम्म १२ लाख बिदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन्।



प्रतिक्रिया दिनुहोस !