७ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेश अस्पतालले कोभिड १९ का नयाँ बिरामीलाई भर्ना नलिने

प्रकाशित मिति :  15 May, 2021 9:58 am


वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताल सुर्खेतले कारोना संक्रमणका नयाँ बिरामीलाई भर्ना नलिने बताएको छ ।

अस्पताले शुक्रबार एक सूचना जारी गर्दै कोभिड १९को संक्रमणका थप बिरामी नलिने बताएको हो ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले शुक्रबार जारी गरेको सूचनामा नेपालगंजबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेको कारण कोभिड १९ का बिरामीलाई भर्ना गर्न नसकिने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !