१२ बैशाख २०८१, बुधबार

हुम्लाका पाँच गाउँपालिकामा संक्रमणदर बढ्दै

प्रकाशित मिति :  18 May, 2021 7:33 am


सिमकाेट । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ। पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ।

खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ।

नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण नगरिएकाले संक्रमित नभेटिएको हो।
हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। ११ जना संक्रमणमुक्त भइसकेका छन् ।

सिमकोट– सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ। पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ।

खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ। नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण नगरिएकाले संक्रमित नभेटिएको हो।

हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। ११ जना संक्रमणमुक्त भइसकेका छन् ।

जिल्लाका स्थानीय तहले आफ्ना मातहतका गाउँमा बिरामी संख्या बढेपछि आफ्नै खर्चमा एन्टिजेन किट खरिद गरी कोरोना परीक्षणको दायरालाई बढाइरहेका छन् ।

जिल्लामा पहिलो पटक नेपालगञ्ज र सुर्खेतबाट आएका आठ यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।रासस



प्रतिक्रिया दिनुहोस !