२३ बैशाख २०८१, आइतबार

साढे ६४ हजार कित्ता आइपिओ जारी गर्दै युनियन लाइफ

प्रकाशित मिति :  21 May, 2021 12:23 pm


काठमाडौं ।  युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने तयारी गरेको हो ।

बिमा कम्पनीको न्युनतम चुक्ता पूँजी २ अर्व पुर्याउनु पर्ने व्यवस्था अनुरुप पूँजी वृद्धि गर्न आइपिओ जारी गर्न लागेको हो । कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ ।

इक्रा नेपाल लिमिटेडले युनियनको आइपिओका लागि आईआर बीबीबी रेटिङ दिएको छ । कम्पनीकाे यही जेठ ११ गते साधारणसभा हुँदैछ । याे कम्पनीकाे तेस्राे वार्षिक साधारणसभा हाे ।



प्रतिक्रिया दिनुहोस !