६ जेष्ठ २०८१, आइतबार

निषेधाज्ञाभित्र गाउँको स्वास्थ्य चौकी निर्माणमा श्रमदान गर्दै विश्व साइकल यात्री पुष्कर शाह

प्रकाशित मिति :  21 May, 2021 9:37 pm


काठमाडौं । विश्व साइकल यात्री पुष्कर साह यतिबेला आफ्नै गाउँ दोलखा जिल्लाको शैलुङमा छन् । निषेधाज्ञालाई समस्याको रुपमा नलिई उनले स्वास्थ्य चौकी निर्माणमा सघाएर समयको सदुपयोग गरिरहेका छन् ।

राइकल यात्रा गरेर नेपाललाई विश्वभर चिनाउन सफल साह गृह जिल्लामा स्वास्थ्य चौकी निर्माणका लागि श्रमदान गरिरहेका छन् ।

गाउँमा यत्तिकै बस्नु भन्दा सरकारले तोकेको सुरक्षाका मापदण्ड पालना गर्दै सामाजिक कार्यमा लाग्नु उत्तम ठानेर स्वास्थ्य चौकी निर्माणमा लागेको उनले बताए । “शारिरीक व्यायम पनि हुने, सामाजिक काम पनि हुने भएकाले श्रम गर्नतिर लागें,” लुम्बिनी सञ्चारसँग भने ।

यसो त सधैं सामाजिक काममा रमाउने साह श्रमलाई उच्च सम्मान गर्ने नेपाली हुन् । विश्व साइकिल यात्राको क्रममा पनि उनले थुप्रै चुनौतिहरुको सामना गरेका थिए ।

पहिलो लकडाउनका कारण धरासयी बनेको पर्यटन क्षेत्रलाई उकास्न केही समयअघि उनि मेची महाकाली साइकल यात्रामा पनि निस्केका छन् ।

निषेधाज्ञा र लकडाउनको समयमा घरमै बसेर चिन्ता लिनुको साटो स्वास्थ्यको ख्याल गदै सिर्जनात्मक काममा लगाउनु पर्ने उनको सुझाव    छ ।



प्रतिक्रिया दिनुहोस !