४ जेष्ठ २०८१, शुक्रबार

विराटनगरको कोभिड अस्पतालमा बिमारीको बेहाल

प्रकाशित मिति :  24 May, 2021 5:23 pm


विराटनगर । विराटनगरको कोभिड अस्पताल बनाइएको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा कोभिड-१९ संक्रमित बिमारीहरूको भीड बढ्न थालेसँगै बिमारी र कुरुवाको बेहाल हुन थालेको छ ।

अस्पतालमा उपचारका लागि पूर्वका विभिन्न जिल्लाबाट बिमारीहरु पुग्ने गरेका छन्, तर व्यवस्थापनमा ध्यान नदिइँदा कुरुवा र बिमारीबाटै कोभिड सर्ने डर बढेको उदयपुरबाट उपचारका लागि आ‌फन्त लिएर पुगेका दीपक शर्माले बताए । उनका अनुसार अस्पतालले आईसीयूका बिमारीलाई पंखा र झुलसमेत किनाउने गरेको छ ।

‘आईसीयूमा एक दिनको शुल्क ५० हजार लिइन्छ, तर आईसीयूका बिमारीका कुरुवालाई फ्यान र झुलसमेत किनाइन्छ,’ शर्माले भने । उनका अनुसार आईसीयूको दैनिक चार्ज ३५ हजार र अक्सिजनलगायतका शीर्षक जोडेर ५० हजार लिने गरिएको हो ।
यस सम्बन्धमा थप जानकारी लिन अस्पताल प्रशासनसँग सम्पर्क गर्दा जिम्मेवार अधिकारीहरु उपलब्ध भएनन भने अस्पतालका एक कर्मचारीले बिमारीको चाप बढेका कारण समस्या बढेको स्वीकार गरे ।
भिडियो



प्रतिक्रिया दिनुहोस !