२१ बैशाख २०८१, शुक्रबार

उपत्यकाका ३ जिल्ला प्रमुख अधिकारीहरुकाे बैठक बस्दै, निषेधाज्ञा १ साता थप्ने तयारी

प्रकाशित मिति :  25 May, 2021 9:36 am


काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक मंगलबार बस्दै छ । बैठकले निषेधाज्ञा थप गर्नेबारे छलफल हुने बताइएको छ ।

काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथामका लागि वैशाख १६ देखि जारी गरिएको निषेधाज्ञा बिहिबारसम्म जारी रहेकाे छ।

आज दिउँसो बस्ने बैठकमा काठमाडौं उपत्यकाका ३ जिल्ला प्रमुख अधिकारीहरु बैठकले संक्रमणको उच्च जोखिम रहेकाले थप एक साता निषेधाज्ञा लम्बाउने तयारी भएको काठमाडौं जिल्ला प्रमुख कालीप्रसाद पराजुलीले बताए ।

कोरोना संक्रमण अझै नियन्त्रणमा आई नसकेका कारण केही समय अझै निषेधाज्ञा थप्ने पराजुलीको भनाई छ । बैठकले निषेधाज्ञा अवधिमा गर्ने पाउने तथा नपाउने नियममा समेत केही हेरफेर गर्न सक्ने पराजुलीले बताए ।



प्रतिक्रिया दिनुहोस !