१९ बैशाख २०८१, बुधबार

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  26 May, 2021 12:54 pm


दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस कोभिड १९) को संक्रमणबाट ४१ सय ५७ जनाको मृत्यु भएको छ । सो अवधिमा कोरोनाका २ लाख ८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७१ लाख ५७ हजार नाघेको छ । त्यस्तै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि तीन लाख ११ हजार ३८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका ३४ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् भने केरलामा नयाँ संक्रमितको संख्या २९ हजारभन्दा धेरै छ । महाराष्ट्रमा पनि नयाँ संक्रमितको संख्या २४ हजारभन्दा बढी छ । कर्नाटकमा पनि २२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २४ लाख ९५ हजारमा झरेको छ भने अहिलेसम्म भारतमा २० करोड ६ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ । बीबीसी



प्रतिक्रिया दिनुहोस !