२३ बैशाख २०८१, आइतबार

सुनकाे मूल्य घट्याे, चाँदी स्थिर

प्रकाशित मिति :  28 May, 2021 11:26 am


काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ४ सयले घटेर तोलाको ९३ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९३ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी मूल्यमा केही दिन यता हलचल नभइ स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १३५० मा कारोबार भएको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !