१४ बैशाख २०८१, शुक्रबार

महामारीको वेचैनीले नयाँ रचना गर्न कठीन छ, निषेधाज्ञामा मन भुलाउदै बसको छुः संगीतकार बगर

प्रकाशित मिति :  28 May, 2021 8:56 pm


काठमाडौं ।

‘उडेर जुन छुन्छु भन्थे.’ जस्ता सदावहार आधुनिक गीतको रचनाकार राजकुमार बगर यो र यस्तै दर्जनौं लोकप्रिय गीतका कारण नेपालीहरुको मनमा बस्न सफल गीतकार, संगीतकार तथा कवि समेत हुन् ।

संगीतले नेपालीको मन भुलाउन सफ उनी कोरोना महामारीको दोस्रो लहरमा भने सरकारको नियम पालना गर्दै घरमै बसिरहेका छन् । निषेधाज्ञामा उनीजस्ता आम संगीतकर्मी नयाँ रचना गर्ने भन्दा पनि आफू र आफन्तको ख्याल गर्दै घरमै थुनिएर बसको छन् ।

विगत लामो समयदेखि काठमाडौंको अनामनगरमा आफ्नै लगानीमा त्रिवेणी रेकर्डिङ स्टुडियो संचालन गर्दै आएका वगर नयाँ गीत तथा संगीत रचनाको काम राकिंदा भने छटपटी हुने गरेको बताउँछन् ।

“म जस्तै हजारौं संगितकर्मीहरु यतिवेला काम विमुख भएका छन्, भाडा कसरी तिर्ने र पेट कसरी भर्ने भन्ने समस्या सबै संगितकर्मीहरुमा देखिन थालेको छ,” उनले लुम्बिनी सञ्चारसँग भने ।

यस्तो छ दैनिकीः

पाँच बजे उठ्छु नित्य कर्म सक्छु, सामान्य व्यायाम गर्छु त्यसपछि नियमित संगीत साधना गर्छु, वच्चा बच्चीसँग खेल्छु, रमाउछु, भान्सामा म्याडमलाई सहयोग गर्छु । खानापछि केही समयको आराम पश्चात दिनमा समाचार हेर्छु । केही समय सामाजिक संजालमा व्यस्त हुन्छु । केही नया सिर्जना गर्ने प्रयत्न पनि गरिरहेको छु । वेलुका नियमित साधना हुन्छ ।

माहामारीको बेला भएर होला, देश समस्यामा भएर होला सामान्य अवस्थामा नयाँ गीत संगीत सिर्जना हुन सकिरहेको छैन । दैनिक सयौं मान्छे मरेको खवर र हजारौं संक्रमित थपिएको खवरले मन खिन्न हुन्छ । यस्तो अवस्थामा सृजना हुने कुरा कठीन जस्तै रैैछ । रोग भोक र शोकले जनता व्याकुल बनिसके राज्य संचालकहरु रमिते मात्रै हुँन मन कुडिएर आउने रैछ ।

कोरोना नियन्त्रणमा सरकारलाई सघाउनेः

यतिवेला सबै मिलेर स्वास्य मापदण्ड पूरा गर्ने, घर भित्रै बस्ने र चाँडो बातावरण सामान्य वनाउनेतर्फ हामीले पनि राज्यलाई सहयोग गर्नुपर्छ भनले भने । चाँडै सामान्य अवस्थामा फर्केपछि आर्थिक गतिविधि समान्य भएपछि सबै सर्बसाधणको दैनिकी सामान्य हुने थियो ।

यो महामारीको बेलामा मनोबल उच्च बनाइ राख्ने, सकारात्मक सोंच राख्ने, नियमित व्यायम गर्ने, आफनो रुचिको क्षेत्रमा साधना गर्ने, परिवारसँग घुलमिल गर्ने, रमाइलो गर्ने जस्ता क्रियाकलाप गरेर पीडा कम गर्न सजिलो हुन्छ ।

बगरका रचनाहरुः

राजकुमार बगरको २०६४ सालमा मृत्यको आत्महत्या कविता संग्रह प्रकाशनमा थियो । उनको एकल संगीत भएका लोक गीत संग्रह १९ सुगम संगीत र २१ वटा गिती संग्रह बजारमा आएका छन् । एक हजार भन्दा बढी फुटकर गीत रचना गरेका बगर सालीन र स्वाभिमान सर्जकका रुपमा चिनिन्छन् । रेडियो नेपालबाट समेत सम्मानित भएका सर्जक बगरले करीव दुई दर्जन वढी अवार्डहरु हात पार्न सफल भएकाछन् ।

यता कुलो कट्दा खेरी, तिमी छौ र पो हासेको छु, म त तिम्रो मान्छे बन्न सकिन, तिम्लाई आफ्नो भन्ने मेरो, सुने खवर जीवन साथी, तिम्रो साथमा हाँस्न पाए, तिम्रो माया पाउनलाई धेरै कुरा गुमाए, आमा रातो सारी सिन्दुर पोत किन नलाको, मिर्मिरेमा घाम, मनको देउतैले, एउटै डोरी पासो लगाम, माफ गर भूल भए, फर्क मुग्लानी, माया नमार, चरिलेझै गुँड सार्ने लगायत उनका सयौं लोकप्रिय गितहरु बजारमा छन् र दर्शक श्रोताले मन पराएका छन् ।



प्रतिक्रिया दिनुहोस !