७ जेष्ठ २०८१, सोमबार

अध्यादेशबाट सवा १६ खर्ब अधिकको बजेट ल्याइदै

प्रकाशित मिति :  29 May, 2021 1:45 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेशबाट सार्वजिनक गरिने सवा १६ खर्ब रुपैयाँ अधिकको बजेट स्वीकृत गरेकी छिन् । पूर्वअर्थमन्त्रीहरु, योजना आयोगका पूर्वउपाध्यक्षहरू, पूर्व निर्वाचन आयुक्तहरूले अध्यादेशबाट पूर्ण बजेट नल्याउन सुझाव दिइरहे पनि अर्थमन्त्री विष्णु पौडेलले पूर्ण आकारकै बजेट पेश गर्न लागेका हुन् ।

पौडेलले ४ बजे टेलिभिजनबाट वाचन गर्ने बजेटमा कर्मचारीकाे तलब समायोजन, वृद्ध भत्ता वृद्धि जस्ता चुनावी र लोकप्रियतामुखी कार्यक्रमहरु मात्र नभइ करका दरसमेत चलाउने काम गरिएको अर्थमन्त्रालय स्रोतले बतायो । “सामान्य अवस्थासरहको बजेट आउँछ, १६ खर्बको बजेटका लागि आन्तरिक स्रोत समेत उचित ढंगले व्यवस्थापन गरिएको छ,” मन्त्रालयका अधिकारीले भने ।

उनका अनुसार बजेटले कोभिड महामारीको व्यवस्थापनलाई मुख्य केन्द्रमा राखेको छ भने अर्थतन्त्रको बहालीका लागि लक्षित कार्यक्रमहरू पनि छन् ।



प्रतिक्रिया दिनुहोस !