४ जेष्ठ २०८१, शुक्रबार

यस्ता छन्, कामचलाउ सरकारका राहत प्याकेज

प्रकाशित मिति :  29 May, 2021 5:24 pm


काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ मा स्रोतको संकट भन्दै २०७६ चैतदेखि साउनसम्मको लकडाउनबाट प्रभावित अर्थतन्त्रका लागि राहत तथा आर्थिक पुनर्बहालीको कार्यक्रम ल्याउनबाट पन्छिएको सरकारले कामचलाउ बनेपछि भने हृदय खोलेर राहतका प्याकेज घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत शनिबार ल्याएको बजेटमा यस्ता छन् राहतका कार्यक्रमः

  • निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खर्च गर्नेलाई सत प्रतिशत, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खर्च गर्नेलाई ३० प्रतिशत महसुल छुट
  • उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभर विद्युत डिमान्ड शुल्क छुट
  • कोभिड-१९ प्रभावित होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटन व्यवसाय, सार्वजनिक यातायात हवाइ सेवा,चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, ब्युटीपार्लरलगायतका व्यवसायले आव २०७८/७९ मा तिर्नुपर्ने इजाजत तगा नवीकरण शुल्कमा छुट
  • कोभिड १९ महामारीका कारण सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गरेमा नेपाल सरकारले तोकेको मापदण्डबमोजिमको रकम उपलब्ध गराइने
  • होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराइने



प्रतिक्रिया दिनुहोस !