२५ बैशाख २०८१, मंगलबार

पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन

प्रकाशित मिति :  29 May, 2021 6:24 pm


काठमाडौं ।  सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७८८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

काठमाडौं उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग हाइकिङ एवम् साइक्लिङ ट्रेल निर्माण गरिने, फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माण गरिने भएको छ ।

नीजि क्षेत्रसँगको सहकार्यमा एकिकृत पर्यटन, पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने, सन्दकपुर, धुनषाधाम, इन्द्रसरोवर, पञ्चासे, कुपिन्डेदह र भादगाउँ लगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गरिने, मुक्तिनाथ क्षेत्रको आनि गुम्बा र कागबेनीको पिण्डस्थान पुर्ननिर्माण कार्यलाई निरन्तरता दिइने बताए ।

त्यस्तै आगामी आर्थिक वर्षको बजेटमा साहसिक पर्यटन प्रर्वद्धन गरिने र साहसिक पर्यटनको क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने उल्लेख गरिएको छ ।

प्रदेश र स्थानीय तहको लागत साझेदारीमा २ सय १६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन ५९ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !