२७ बैशाख २०८१, बिहिबार

नेपाल टेलिकमको २२ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिने

प्रकाशित मिति :  29 May, 2021 6:54 pm


काठमाडौं ।  सरकारले नेपाल टेलिकमको सेयर संरचना परिर्वतन हुने बताएको छ ।

आर्थिक वर्ष ०७८/०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले टेलिकमका आगामी असार मसान्तसम्म कायम सेवाग्राहीले खरीद गर्न सक्ने गरी २२ प्रतिशत सेयर बिक्री गरिने घोषणा गरेका हुन् ।

सेयर विनिमेशको मोडल र सेयर मूल्यको विवरण ०७८ असारसम्म तय हुने समेत बताए । हाल टेलिकममा सरकारको ९१.३ प्रतिशत सेयर स्वामित्व रहेको छ भने कर्मचारी र सर्वसाधारणको हिस्सा ८.४७ प्रतिशत मात्रै रहेको छ ।

यस्तो सेयर खरीद गर्नका लागि टेलिकमको सेवाग्राही भने अनिवार्य हुनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस !