८ जेष्ठ २०८१, मंगलबार

‘केही नेता’का बजेटसम्बन्धी वक्तव्य टिप्पणीहीनः अर्थमन्त्री पौड

प्रकाशित मिति :  30 May, 2021 4:49 pm


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विपक्षी दलहरूबाट जारी वक्तव्यले बजेट ल्याउने र कार्यान्वयन प्रक्रियामा कुनै फरक नपर्ने बताएका छन् । “केही नेताहरू बसेर कुनै ठाउँमा बसेर वक्तव्य दिएर सरकारको वैधानिकता र सरकारको निरन्तरता खण्डित हुँदैन, उनले बजेटपछि आयोजित पत्रकार सम्मेलनमा भने “सरकार संवैधानिक प्रक्रियाबाट बन्छ, विस्थापित हुन्छ ।”

कुनै पनि राजनीतिक दलका नेतालाई राजनीतिक तबरबाट आआ‌फ्नो दृष्टिकोण राख्ने, विरोध गर्ने, आलोचना गर्ने छुट भएको उनको टिप्पणी थियो । आइतबारमात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जबर्जस्ति बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।

संवैधानिक रुपमा बजेट ल्याउन वर्तमान सरकारलाई कुनै अवरोध नभएको भन्दै उनले बजेट यही सरकारले कार्यान्वयन गर्ने दाबी पनि गरे ।

“यो संवैधानिक व्यवस्थाअनुरुपको बजेट हो । सरकार संविधानको सर्वोच्चताप्रति, कानुनको राजप्रति पूर्ण रुपले विश्वस्त छ,” अर्थमन्त्री पौडेलले भने,”स‍ंवैधानिक प्रबन्ध अनुरुप नै यो बजेट आएको छ । मुलुकको आर्थिक क्रियाकलापलाई संविधानसम्मत ढंगले नियमित गर्ने कुराबाट सरकार पन्छिन सक्दैन थियो । पन्छिनु हुँदैन थियो । यही मान्यताका साथ सरकारले पूर्ण आकारको बजेट ल्याएको हो ।”

राजस्व सचिव रामशरण पुडासैनी र अर्थसचिव शिशीरकुमार ढुंगाना दुवैले संविधानले नयाँ कर लगाउने अधिकार संसदलाई दिएको स्वीकार गर्दै केही दरहरुमात्र हेरफेर गरिएको र त्यो संविधानसम्मत भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !