१८ बैशाख २०८१, मंगलबार

४ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, २४ वटा कम्पनीको सेयर मुल्य सकरात्मक सर्किट लेवलमा

प्रकाशित मिति :  8 June, 2021 1:39 pm


काठमाडौं ।साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबारको डेढ घण्टा कारोबारमा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बृद्धि हुदै सकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, संबृद्धि फाइनान्स, सांग्रिला विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै आज नेप्सेमा उत्साह छाएसँगै २४ ओटा कम्पनीको सेयर मुल्य ९ प्रतिशत भन्दा माथि सर्किट लेवलमा पुगेको छ । विगत केहि दिन देखि नेपालका विकास बैंक र फाइनान्स कम्पनीहरुको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ ।

यो समाचार तयार पार्दा सम्म नेप्से ४३.८९ अंकले बढेर २९५०.५९ अंकमा पुगेको छ भने सेन्सेभि परिसूचक पनि ७.७९ अंकले बढेर ५२८.२९ अंकमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !