१६ चैत्र २०८०, शुक्रबार

बेलायत सरकारको समेत विश्वका चर्चित वेबसाइट डाउन

प्रकाशित मिति :  8 June, 2021 5:24 pm


काठमाडौं ।

बेलायती सरकारसमेत विश्वका ठूला ठूला वेबसाइटहरु डाउन हुन थालेका छन् ।

बेलायती सरकारको वेबसाइट स्वतः अफलाइन हुने समस्या देखिएको छ भने अमेजन, रेडिट र ट्वीच लगायत विश्वका ठूला वेबसाइटको ठूलो हिस्सा अफलाइन भएको छ ।

बेलायती सरकारको वेबसाइट गोभडटयुकेका साथै बीबीसीको केही हिस्सा पनि डाउन भएको बीबीसीले जनाएको छ ।

प्रभावित इन्टरनेट साइटमा एरर फाइभजीरोथ्री सर्भिस अनअभेलेबर म्यासेज देखिने गरिएको छ ।

यसअघि क्लाउड कम्प्युटिङ सेवा प्रदायक फास्टलीसँग सम्बन्धित समस्या देखिएको बुझिएको थियो । यसबारे फास्टलीले समस्या र तिनको समाधानबारे अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !