१३ बैशाख २०८१, बिहिबार

उद्योग व्यवसायमा संलग्न सबैलाई खोप सुनिश्चित गरी अर्थतन्त्र चलायमान गराउन चेम्बरको माग

प्रकाशित मिति :  16 June, 2021 1:18 pm


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग व्यवसाय क्षेत्रमा संलग्न सबैलाई यथासिघ्र खोप सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

कोरोना महामारीका कारण अर्थतन्त्रमा असर परेकोप्रति चिन्ता व्यक्त गर्दै चेम्बरले व्यापार व्यवसायमा संलग्न व्यापारी, उद्योगी, कामदार सबैलाई खोप उपलब्ध गराएर अर्थतन्त्र चलायमान बनाउन सरकारसँग माग गरेको हो

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि र राजश्वमा पनि असर पर्नेप्रति सचेत बनाउदै विज्ञप्ति जारी गर्दै व्यवसायीको मनोवल उच्च राख्न खोप सुविकाको माग गरिएको हो ।

“नयाँ भेरियण्टको कोभीड(१९ को दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाई आक्रान्त तुल्याएको छ भने समयमै कोरोना भ्याक्सीन उपलब्ध नभएकाले अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मवलमा हस आएको छ,” विज्ञप्तिमा भनिएको छ ।
कोरोनाका कारण व्यवसायहरु बन्द अवस्थामा रहेको खोप उपलब्ध नभए उद्योग चलाउन पनि समस्या पर्नेतर्फ सचेत बनाइएको छ ।

चेम्बरका पदाधिकारी तथा सदस्यहरु, चेम्बर आवद्ध वस्तुगत संघ, आवद्ध संघ, द्वीराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्बर अन्तरगत गठित केन्द्र तथा जिल्ला अन्तरगत गठित महिला चेम्बरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्वर अन्तरगतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाइ दुवै चरणको खोपको व्यवस्था गर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !