८ बैशाख २०८१, शनिबार

नयाँ फ्ल्यागशीप फोन रियलमी जिटी नेपाली बजारमा

प्रकाशित मिति :  16 June, 2021 6:52 pm


काठमाडौं । टेक कम्पनी रियलमीको नयाँ फ्ल्यागशीप स्मार्टफोन रियलमी जिटी नेपाली बजारमा भित्रिएको छ ।

नयाँ फोनको मुख्य विशेषता यसमा जडित क्वालकम स्न्यापड्रागन ८८८ रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कम्पनीले जिटीलाई बलियो र उच्च पर्फमेन्स भएको फोनका रुपमा सार्वजनिक गरेको छ भने यसलाई फ्ल्गागशीप किलरको नाम दिएको छ ।

फोनमा एलपीडीडीआर ५ आरएएम र उच्चस्तरीय युएफएस ३.१ स्टोरेज रहेको छ । बलियो र ठूलो कोर्टेक्स एक्स वान कोर र तीन नयाँ संस्करणको उच्च प्रदर्शन गर्ने ए ७८ कोरहरुले गर्दा फोनको सीपीओको फर्ममेन्सलाई २० प्रतिशतसम्म बढाउने र ब्याट्री खपतलाई ५० प्रतिशतसम्म कम गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।

“विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लागशिप किलर ल्याउन पाउँदा खुसी छौँ, वर्षको शुरुवातमा घोषणा गरेअनुसार मध्यमदेखि उच्च सेग्मेन्टको फोनको विभाजनका लागि द्वैत प्लेटफर्म– द्वैत फ्लागशिप रणनीतिअनुसार यसलाई सार्वजनिक गरिएको हो,” रियलमीका सीईओ स्काई लीलाई उदृत गर्दै विज्ञप्तिमा भएिको छ।

फोनको डिजाइन ग्राण्ड टुरर्स (जीटी) स्पोर्ट कारमा आधारित छ । जसले उच्च गति, लामो दूरी लगायतका असाधारण विलासी प्रदर्शनीका लागि उत्कृष्ट मानिन्छ । फोनको पछाडि थ्रीडी लाइट रिफ्लेक्सन गर्ने आकृतिका साथ ग्लास कभरको डिजाइन रहेको छ ।

गाढा नीलो र गाढा चाँदी रंगको गरी ग्लास भर्जन दुई कलर अप्सनमा उपलब्ध छ । भेगान लेदर संस्करण रेसिङ एलो रंगमा उपलब्ध रहेको छ । यो डवल टोन लेदर डिजाइनमा निर्माण भएको पहिलो उत्पादन रहेको कम्पनीले जनाएको छ ।

वजन १८६ ग्राम भन्दा कम र अधिक पातलो डिजाइनका बाबजुद यसमा ४५ सय एमएएच् ब्याट्री र ६५ वाट सुपरडर्ट चार्जिङ सपोर्टर रहेको छ । यसले फोनलाई ३५ मिनेटमा फुल चार्ज गर्न सहयोग गर्दछ ।

रियलमीका बजार प्रवन्धक अलेसियो ब्राडेले भनेका छन्, “रियलमी जीटी बजारमा ल्याउन पाउँदा हामी गर्वान्वित महशुस गरिरहेका छौँ, जीटी कार जस्तै मोबाइलको डिजाइन पनि उच्च प्रदर्शन गर्ने गरी निर्माण गरिएको छ जसले फ्लागशिप फोनमा रुचि राख्ने सबैलाई फरक र उत्कृष्ट अनुभूति प्रदान गर्छ ।”

रियलमी जीटीमा ६.४३ इन्च १२० हर्ट्जको सामसुङ्ग सुपर एमोलेड डिस्प्ले रहेको छ । यसले हार्डकोर गेमरहरूलाई उच्च पर्फमेन्स दिने विश्वास कम्पनीको छ ।

स्मार्टफोनमा डल्बी एटमस डुअल स्टीरियो स्पिकर, हाई–रेज अडियो, र ३.६ एमएम अडियो ज्याक रहेको छ जसले कम विलम्बता र कम हस्तक्षेप हुने गरि चार्ज गर्छ ।

रियलमी जीटीमा सोनी ६४ मेगापिक्सेलको ट्रिपल क्यामेरा जडान छ । जसमा नयाँ नइट पोट्रेड मोड र एआई क्षमता रहेकाले व्यावसायिक फोटोहरू खिच्न सकिने विश्वास गरिएको छ । रियलमि जीटी पहिलो उपकरणहरू मध्ये एक हो जुन एन्ड्रोइड १२ बीटा १ सपोर्ट गर्छ ।

कम्पनीले मूल्य र बजारमा उपलब्धता बारे भने खुलाएको छैन ।

 



प्रतिक्रिया दिनुहोस !