१७ बैशाख २०८१, सोमबार

डेनमार्क, आयरल्यान्ड र विश्व बैंकद्वारा स्वास्थ्य सामग्री प्रदान

प्रकाशित मिति :  19 June, 2021 4:05 pm


काठमाडाैं । डेनमार्क आयरल्यान्ड र विश्व बैंक नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छन् ।

युरोपियन युनियन (ईयु) सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न डेनमार्क र आयरल्याण्डले नेपाललाई सहयोग पुर्‍याउन उक्त सामग्री उपलब्ध गराएका हुन् ।

डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा २६ वटा भेन्टिलेटर, ५० वटा नासल अक्सिजन क्यानल्स्, ९६ हजार फेस् शिल्ड्, ९२ हजार गाउन र ९२ हजार एफ्एफ्पीटुमास्क रहेको छन् । ती सामग्रीहरु यही असार ३ गते पहिलो चरणमा ल्याइएको थियो भने बाँकी सामग्री आजै नेपाल ल्याइँदैछ ।

यस्तै आयरल्यान्डले पनि ७२ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ वटा बिपिएपी एयर फ्लो मेसिन, ४४ वटा भेन्टिलेटर, चार सय वटा पल्स् अक्सिमिटर, ५० वटा रेस्पिरेटरी मोनिटर, ५० वटा डिफिब्रिलेटर, सय वटा थर्मामिटर, सात सय २८ वटा अक्सिजन रेगुलेटर, तीन सय ९८ एयर रेगुलेटर, दुई लाख एक हजार ६ सय वटा फेस् शिल्ड् र १० लाख आठ हजार सर्जिकल मास्क उपलब्ध गराएको छ ।

यसैगरी, विश्व बैंकले पनि १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटरहरू उपलब्ध गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ईयुकी राजदूत नोना डेप्रे र नेपालका लागि डेनमार्कका महावाणिज्यदूत हरि धरेलले हस्तान्तरण गरेका हुन् ।

यो सहयोग नेपाल सरकारबाट सहयोगका लागि पछिल्लो पटक आह्वान भएपछि प्रदान गरिएको हो । सो अवसरमा मन्त्री तामाङले कोभिड-१९ विरुद्ध लड्दै गरेको नेपाललाई एक्यवद्धतास्वरुप आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने इयुका सदस्य राष्ट्रहरुप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद दिए ।

कार्यक्रममा ईयुकी राजदूत डेप्रेले इयुसो सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको बताइन ।

यसअघि स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनी, स्लोभेनिया, अष्ट्रिया र माल्टा पनि नेपाललाई विभिन्न चिकित्सा सामग्री सहयोग गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !