२६ बैशाख २०८१, बुधबार

आज निर्जला एकादशी,तुलसीको बिउ राख्ने दिन

प्रकाशित मिति :  21 June, 2021 7:50 am


काठमाडौं । आज निर्जला एकादशी । हिन्दुधर्मालम्बीहरु आज आआफ्नो घरको तुलसीको मठमा तुलसीको बिउ छर्ने दिनका रुपमा यस दिन लाई विषेश रुपमा मनाउदै आएका छन् ।

ज्येष्ट शुक्ल एकादशीका दिन पर्ने यो दिनलाई तुलसीको बिउ छर्ने दिनका रुपमा चिनिन्छ । आज छरिएको बीउलाई आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीको दिन रोप्ने गरिन्छ ।

तुलसीलाई हिन्दु धर्मालम्बीहरुले विष्णुको अवतारका रुपमा पुज्ने गर्दछन् । आजको दिन निर्जला एकादशी भएकाले पानी पनि नखाई ब्रत बस्नाले राेग, कष्टले नछुने विश्वास रहि आएको छ ।

तुलसीलाई एउटा आयुर्वेद औषधीको रुप पनि चिन्ने गरिन्छ । तुलसीको पात रुघा, खोकी लाग्दा अचुक औषधीको रुपमा पनि प्रयोग गर्ने सकिन्छ । तुलसीको विरुवामा धेरै अक्सिजन पाइने विज्ञानले समेत प्रमाणित गरेको छ । तुलसी एक बहुगुणी विरुवाका रुपमा चिनिन्छ।

 

 



प्रतिक्रिया दिनुहोस !